२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

एमालेले प्रथम विधान महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ र पोस्टरिङ नगर्ने

१४ असोज, काठमाडौँ । एमालेले आफ्नो प्रथम महाधिवेशनको प्रचारका लागि भित्ते चित्र (वाल पेन्टिङ) नगर्ने भएको छ । राजनीतिक दलहरूले आफ्नो सभा सम्मेलनमा भित्ते चित्र बनाएर सहरका भित्ताहरू रंग्याउने गरेका बेला एमालेले १५-१७ असोजमा आयोजना हुने विधान महाधिवेशनको प्रचारमा वाल पेन्टिङ र वाल पोस्टरिङ नगर्ने जनाएको हो ।

महाधिवेशन मूल व्यवस्थापन समितिले विज्ञप्ति जारी गरेर महाधिवेशनको प्रचारका लागि वाल पेन्टिङ, वाल पोस्टरिङलाई पूर्णतः बन्द गरिएको जानकारी दिएको छ ।

 

समितिले प्रचार प्रसारको निम्ति मूलतः मिडियाको सहयोग लिइएको र साथै काठमाडौं महानगरपालिकाअन्तर्गत सडकका पोलहरुमा रहेका बोर्डमा पोष्टर राखिएको जनाएको छ ।

काठमाडौँका दरवारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तिसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डको माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको विज्ञप्तिमा उल्लेख छ । काठमाडौँमा स्थानीय तहले नै वाल पेन्टिङ गर्न प्रतिबन्ध गरेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १५:४९