२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

महासभामा भाग लिएर परराष्ट्रमन्त्री खड्का स्वदेश फर्किए

१४ असोज, काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उनी बिहीबार बिहान स्वदेश आइपुगेका हुन् ।

६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए । ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालकाे धारणा राखेका थिए ।

परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए । महासभामा आफूले काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतंकवादकाे अन्त्यबारे धारणा राखेकाे उनले पत्रकारहरूलाई बताए । न्युयाेर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमाेदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका िथए ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १२:२१