२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

माइक्रोफाइनान्सकी कर्मचारी एक सातादेखि बेपत्ता, खोजीका लागि प्रहरी परिचालन

१४ असोज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका–७ वाकुबाटएक सातादेखि सम्पर्कविहीन एक माइक्रोफाइनान्समा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरी परिचान भएको छ ।

एनएमवी माइक्रोफाइनान्स लिमिटेड सोताङमा कार्यरत २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबारदेखि बेपत्ता भएपछि जिल्ला प्रहरी प्रमुख डिएसपी कवित कट्वाल नेतृत्वको टोली परिचालन भएको हो । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी कार्की शुक्रबार अपराह्न साढे चार बजेदेखि सम्पर्कविहीन भएकी हुन् ।

कार्की मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोशी गाउँपालिका–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भएपनि सोलाबनबाट हाकुला जाने क्रममा छुट्टिएपछिको अवस्था अज्ञात बनेका प्रहरीले जनाएको छ ।

अहिले त्यस क्षेत्रमा डिएसपी कठ्वालसहित प्रहरी चौकी वाकु, इलाका प्रहरी कार्यालय सोताङ, स्थानीयवासी तथा पावैबाट आएका घरपरिवारले खोजी थालेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ११:५३