२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

नुवाकोट दरबार क्षेत्रको खानेपानी समस्याका बारेमा मुख्यमन्त्री शाक्यको ध्यानाकर्षण

१४ असोज, नुवाकोट । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नुवाकोटको खानेपानी समस्याको बारेमा नुवाकोट नागरिकहरुले अनुरोध पत्र बुझाएको छ। विदुर वडा नम्बर दुई नुवाकोट धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वले भरिपूर्ण स्थल भैकन पनि लामो समय देखि खानेपानीकाे समस्यासंग जुधि रहेको छ।

खानेपानीकाे समस्याको कारण नुवाकोट भैरवी मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु समेत समस्यामा पर्ने गरेकोले खानेपानीको समस्या छिट्टै समाधान गर्नु पर्ने नुवाकोट दरबार खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनिल खड्काले बताए।
विभिन्न आयोजना मार्फत खानेपानीको काम भए पनि अहिलेसम्म सफल परिणाम प्राप्त गर्न नसकेकाेले प्रदेश सरकारले विशेष आयोजना संचालन गर्नुपर्ने तर्फ अध्यक्ष खड्काले मुख्यमन्त्री शाक्यको ध्यानाकर्षण गराएकाछन्।

कार्यक्रममा बागमती प्रदेश सरकारका भाैतिक याेजना तथा पूर्वाधार विकास मन्त्री केशव पाण्डे, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली, जिल्ला समन्वय समितिका संयाेजक शन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन दुलाल तथा नेकपा एमाले नुवाकोटका नेता अनुजकुमार श्रेष्ठ, दई नम्बर वडाका वडा सदस्यहरु दिपेन्द्र लाेहनी, सबु मिजार लगायतको उपस्थिति रहेको थियाे ।

मुख्य मन्त्री शाक्य नेकपा एमाले नुवाकोट जिल्ला संगठन कमिटीको आयोजनामा भएको कार्यकर्ता भेलामा सहभागी हुनकाे लागि आज नुवाकोट आएकाहुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार १०:४१