२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

बागमती नदीमा महिलाको शव भेटियो

१४ असोज, काठमाडाैँ । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीमा महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी वृत बानेश्वरका प्रहरी निरीक्षक केशर न्यौपानेले जानकारी दिए । उनका अनुसार शव अर्ध नग्न अवस्थामा छ ।

शव नदीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा भेटिएको न्यौपानेले बताए । शव पोष्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०९:१४