२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

अखिल क्रान्तिकारीको सम्मेलन आजबाट, प्रचण्डले उद्घाटन गर्ने

१४ असोज, काठमाडाैँ। सत्तासीन नेकपा (माओवादी) केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीको २२औँ राष्ट्रिय सम्मेलन आज बिहीबार काठमाडौं सुरु हुँदैछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने कार्यक्रम रहेको अखिलका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयन गरिने छ । क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेत, तिलक भण्डारी, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमले आकांक्षा देखाएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०९:०७