२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

१४ असोज, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो । आज बिहान १० बजे सर्वदलीय बैठक बोलाएका देउवाले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०८:४२