२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

काम नगर्ने तीन ठेकेदारसँग लिखित स्पष्टिकरण माग: कालो सूचीमा किन नराख्ने ?

१४ असोज, काठमाडाैँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई लिखित स्पष्टिकरण सोधेको छ । सम्झौता अवधिभित्र निर्माणको काम सम्पन्न नगर्ने काठमाडौंका दुई र सिन्धुपाल्चोकको एउटा निर्माण कम्पनीलाई ‘कालो सूचीमा किन नराख्ने’ भन्दै स्पष्टीकरण सोधिएको हो ।

ती निर्माण कम्पनीले ३० दिनभित्र लिखित जवाफ पेस गर्नुपर्नेछ । कार्यालयले सिन्धुपाल्चोकको सगरमाथा योनटेन कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंको एसएसएम कन्स्ट्रक्सन र काठमाडौंकै पटलास इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सनलाई स्पष्टिकरण सोधेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहीबार ०८:०५