२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

क्यानका उपाध्यक्ष र सचिवले दिए राजीनामा


१३ असोज, काठमाडाैँ । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोक नाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष श्रेष्ठ र सचिव प्याकुरेलले पदबाट राजीनामा दिएका हुन् ।

‘आजको मितिबाट हामी क्यानबाट अलग हुने निर्णय लिएका छौं । आजसम्मको सहयोगको लागि धन्यवाद,’ प्याकुरेलले भने ।प्याकुरेलले क्रिकेट उपलब्धिको लामो यात्रा रहेको बताउँदै आफूहरु क्यानमा नरहने बताए । उनले अहिले नै आफूहरु आउने वा न आउने केही निर्णय नभएको र बाहिरै बसेर क्रिकेटको विकासका लागि काम गर्ने बताए । यस्तै उनले पद ओगटेर बस्नेभन्दा काम गर्न अन्यलाई स्थान दिने बताए ।

मंगलबार क्यान कार्यसमिति आएको दुई बर्ष पूरा भएको थियो । दुई वर्षअघि ११ मंसिरमा चतुरबहादुर चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित भएका थिए । क्यानका प्रवक्तासमेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाध्यक्ष रोशनकुमार सिंहसँग सम्बन्ध विग्रिएको चर्चा छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार २०:५२