२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

माधव नेपाल बिरामी, केहीबेर अघि अस्पतालमा भर्ना, केही दिन अस्पतालमै बिताउने

१३ असोज, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी परेका छन । उनका स्वकीय सचिव मोहन गाैतमका अनुसार नेपाल अहिले त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । नेपाललाइ केही दिन अस्पतालमै बस्न चिकित्सकले सुझाव दिएको गाैतमले बताएका छन । नेपालमा ज्वरो र खोकी देखिएको छ ।

स्वास्थ्य जानकारी !
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

उहॅाको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । उहॅाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।
२०७८ असोज १३ गते बेलुकी ८:१० बजे
नीजि सचिवालय

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार २०:३५