२१ फाल्गुन २०८२, बिहीबार | Thu Mar 5 2026

महिलाको चरित्र हत्या गरेको अभियोगमा नुवाकोटका शिशिरसहित चार युट्युबर पक्राउ

१३ असोज, काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युब च्यानलमार्फत महिलाको चरित्रहत्या गर्ने भिडियो, अन्तर्वार्ता तथा फोटोसहितको विवरण प्रसारण गरेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने प्रदीप भण्डारी, हरेक पलको खबर च्यानलका सञ्चालक नुवाकोट घर भई नेपालटार बस्ने शिशिर अधिकारी, सराईचुली मिडिया च्यानलका सञ्चालक मोरङ घर भई पेप्सिकोला बस्ने पिकला कार्की, मोडर्न अनलाइन टिभी सञ्चालक दोलखा घर भई गोकर्णेश्वर बस्ने रोधन तामाङ रहेका छन् ।

प्रतिकात्मक तस्बिर ।

युट्युब च्यानलबाट पीडित महिलाको तस्विरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याएर घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले जिल्ला अदालतबाट अनुमति लिएर पक्राउ गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए । उनका अनुसार जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १७:५३