२० आश्विन २०८१, आईतवार | Mon Oct 7 2024

कोरोना अपडेटः ११५७ संक्रमित थपिए, १११३ संक्रमणमुक्त, ८ जनाकाे मृत्यु

१३ असोज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार १४५४१ नमुना परीक्षण गर्दा ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएसँगै देशभर सक्रिय संक्रमित १८१९३ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् ।

पछिल्लो २४ घण्टामा १११३ जना संक्रमणाुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या ७,६४,८४७ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । यस्तै, संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट १११२३ जनाको निधन भइसकेको छ ।

हाल देशभर ३५४ जना सघन उपचार कक्ष (आईसीयू), ९९ जना भेन्टिलेटर, १६ हजार आठ सय ७८ जना होम आइसोलेसन, १३१५ जना संस्थागत आइसोलेसन र २४४ जना क्वारेन्टिनमा छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १७:१५