२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नर्भिक हस्पिटलले मुटुको जाँचमा १० प्रतिशत छुट दिने

१३ असोज, काठमाडौँ । विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरूमा छुटको अफर गरेको छ । अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरूमा १० प्रतिशत छुटको घोषणा गरेको हो ।

यो अफरअन्तर्गत कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज, कम्प्रिहेन्सिभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् । यो अफर आजदेखि लागू भई २ अक्टूबरसम्म जारी रहने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १५:३८