२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

१३ असाेज, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ ।  मुख्यमन्त्री बेटी पढाऔं, बेटी बचाऔं अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिदमा अनियमितता भएको आशंकामा मुख्यमन्त्रीको कार्यालयमा आयोगको टोलीले छापा मारेको हो ।

अख्तियारका अनुसार प्रदेश कार्यालय बर्दिबासबाट खटिएको पाँच जनाको टोली मुख्यमन्त्री कार्यालयमा कागजात अध्ययन र अनुसन्धानको क्रममा छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १४:४५