२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

स्थायी कमिटी बैठकअघि प्रचण्डले भेटे प्रधानमन्त्री देउवा

१३ असोज, काठमाडौँ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर फर्केलगत्तै पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको हो ।

माओवादी केन्द्रको आजको बैठकले मन्त्री बन्नेको नाम टुंगो लगाउने एक नेताले बताए । माओवादीले यसअघि जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जामन्त्रीका रूपमा सरकारमा पठाइसकेको छ ।

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भएको हो । प्रधानमन्त्री देउवाले सम्भवतः बिहीबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् । प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको थियो ।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार दलहरूसँग मन्त्री बन्नेहरुको नाम माग्नु भएको छ । कांग्रेसले सात, माओवादी, जसपा र एकीकृत समाजवादीले पाँच-पाँच मन्त्री र एक राज्यमन्त्री पाउने सैद्धान्तिक सहमति जुटिसकेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १२:३३