२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

रेडक्रस र सेनाको पहलमा विपदबाट बच्न सिक्दै नागरिक

१३ असोज, बैतडी । बैतडीमा विपदबाट हुन सक्ने सम्भावित जोखिम रोक्न नागरिक जागरुक बन्न थालेका छन् । नेपाल रेडक्रस साेसाइटी र नेपाली सेनाकाे पहलमा विपद् प्रतिकार्य सीप हाँसिल गरेका स्थानीय विपद् प्रतिकार्यमा जुटेका हुन् ।

पञ्चेश्वरका गौरव सार्कीले रेडक्रस, नेपाली सेनाको सहयोगमा विपदबाट कसरी बच्ने भन्ने सीप सिकेको बताए । रेडक्रसले पश्चिम विपद् पूर्वतयारी परियोजना अन्तर्गत मेलौली र पञ्चेश्वरका २४ जनालाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल तालिम दिएको कार्यक्रम संयोजक गोविन्द पन्तले बताए ।

स्थानीयले बाढीपहिरो, आगलागी भएका बेला कसरी उद्धार गर्ने, अरुलाई कसरी बचाउने भन्ने विषयमा तालिम लिएको उनले बताए । नागरिकलाई नेपाली सेनाको टोलीले प्रयोगात्मक सीप सिकाएको बैतडीस्थित हनुमानध्वज गुल्मका सहायक गुल्मपति गिरिजा भट्टले बताए । समुदायका नागरिकलाई फायर फाइटिङ, बाढीपहिरोको बेला उद्धार लगायतका सीप सिकाएको उनले बताए ।

बैतडीमा रेडक्रसले सञ्चालन गर्दै आएको पश्चिम विपद् पूर्वतयारी परियोजनाले विपद् व्यवस्थापनमा समुदायको क्षमता अभिवृद्धि गर्दै आएको मेलौलीका दशरथ दमाईले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १२:०१