राष्ट्रिय वाणिज्य बैंकको पिओएस कारोबारमा १५ प्रतिशतसम्म क्यास ब्याक अफर
१३ असोज, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले प्वाइन्ट अफ सेल (पिओएस) कारोबारमा क्यास ब्याक अफर सार्वजनिक गरेको छ । बैंकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्येनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पिओएसको माध्यमबाटप्रति कारोबार १ हजार वा सो भन्दा बढीको कार्ड स्वीप गर्दा क्यास ब्याक हुने अफर ल्याएको जनाएको छ ।
यो योजना आगामी असोज २१ गते देखि २०७८ कात्तिक २४ गतेसम्म लागू हुने जनाएको छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट बैंकको कार्डबाट रावा बैंककै कार्ड स्वीप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखि ५ पटकको कार्ड स्वीपमा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ वा ६ देखि १० पटकको कार्ड स्वीपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा सात र सय ५० रुपैयाँ, ११ देखि १५ पटकको कार्ड स्वीपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा एक हजारमध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने बैंंकले जनाएको छ ।
बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ संचालनमा छन् ।
प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ११:००












