१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

१३ असोज, काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज बुधबार अन्तिम दिन रहेको छ । संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियाे ।

कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ । न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ । आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्छ ।

संस्थाले जारी गरेको उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन् । आवेदकले बोलपत्र पेश गर्दा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ, टेकु काठमाडौंमा पुग्नेगरी दिनुपर्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार १०:३५