२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

१३ असोज, काठमाडाैँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

खेलको २५औँ मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाए । ६५औँ मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १(१ गोलको बराबरीमा फर्काए । तर, खेलको ८९औँ मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २(१ को जित दिलाए ।

जितसँगै समूह ुडीुको सेरिफले दुई खेमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल तीन अंक जोडेर दोस्रो स्थानमा छ ।

समूह ुडीुको अर्को खेलमा इन्टर मिलानले शाख्तर डोनेक्ट्ससँग गोलरहीत बराबरी खेलेको छ । इन्टर एक अंक जोडेर तेस्रो र शाख्तर एक अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०८:४५