१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

काठमाडौँबाट हराएका चार वर्षीय बालक कसरी बिहार पुगे ?

१३ असोज, काठमाडाैँ । काठमाडौंबाट हराएर भारतको बिहारमा फेला परेका चार वर्षीय बालकलाई नेपाल ल्याइँदैछ ।काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१३ कपनबाट सोमबार साँझ हराएका विनोद शर्माका ४ वर्षीय छोरा पियुस बिहारमा सकुशल फेला परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार पियुस अहिले हजुरबुवासँग बिहारमा छन् । र, अब काठमाडौँ ल्याउँदैछन् ।

बिहार घर भई कपनको टहरामा बस्दै आएका विनोद शर्मा टायलको काम गर्छन् । उनका ४ वर्षीय छोरा हराएपछि अपहरणको आशंकामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान थालेका थिए । तर, बालकलाई विनोदका साथी शंकर दासले बिहार लगेको खुलेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार ०८:३०