२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

नयाँ बानेश्वरमा सम्पादकसँग अन्तरक्रिया गर्दै ओली

१२ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न सञ्चार माध्यमका सम्पादकसँग अन्तरक्रिया गरिरहेका छन् । नयाँबानेश्वरको अल्फाबिटामा उनले करिब ५० जना सम्पादकसँग अन्तरक्रिया गरिरहेका हुन् ।

पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टी विभाजन, संसदको अवरोधलगायतका विषयमा उनले सम्पादकहरूसँग अन्तरक्रिया गरेका हुन् ।

प्रधानमन्त्री रहँदा बालुवाटारमा दुई पटक सम्पादकसँग अन्तरक्रिया गरेका ओली सत्ताबाट बाहिरिएपछि पहिलो पटक अन्तरक्रिया गरेका हुन् । प्रदीप ज्ञवाली, योगेश भट्टराई, खिमलाल भट्टराई, सूर्य थापालाई दायाँबायाँ राखेर ओलीले अन्तरक्रिया गरिरहेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १७:२०