२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

काठमाडौँ र पोखराको खेल पुनः वर्षाका कारण रद्ध


१२ असोज, काठमाडाैँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टि ट्वान्टी अन्तर्गत चौथो दिनको खेल समेत वर्षाले रद्ध भएको छ ।मंगलबार तय भएको काठमाडौं किङ्स इलेभन र पोखरा राईनोजबीचको खेल वर्षाका कारण रद्ध भएको हो । खेलमा टससमेत हुन पाएन ।

विगत तीन दिनदेखि परेको पानीको कारण मैदान ओसिलो हुन पुग्दा ईपीएलको चौथो दिनको खेलसमेत हुन नसकेको हो ।
खेल पुनः खेलाइने वा नखेलाइने निर्णय भएको छैन । यसअघि सोमबारको दुबै खेल बर्षाको कारण रद्ध भएका थिए । ती खेलहरु अर्काे दिन खेलाइने भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १५:५७