१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रतिक्षालयमा बसिरहेका आमाछोरालाई ट्रकले किचेर चालक भागे

१२ असोज, वुटवल । रुपन्देहीको सैनामैनामा प्रतिक्षालयमा गाडी कुरेर बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र उनका २२ वर्षीय छोरा महेश भट्टराई छन् । उपचारको क्रममा उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १४:५२