२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

जण्डिसको उपचार गर्न वर्षमान पुन भोलि थाइल्याण्ड जाने

१२ असोज, काठमाडाैँ । माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । बुधबार बिहान ८ बजे उपचारका लागि उनी बैंकक जान लागेका छन् ।

लामो समयदेखि जण्डिसजन्य रोगबाट पीडित भएका उनी चार वर्षअघि बैंकककै समितिभेज अस्पतालमा उपचार गरेका थिए । तर, अहिले फेरि स्वास्थ्यमा समस्या देखिएपछि पुन उपचारका लागि बैंकक जान लागेका उनीनिकट पत्रकार दयानिधि भट्टले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनको सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार १३:५८