२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कपिलवस्तुमा बससँगले टाटा विङ्गरलाई ठोक्कियो: ९ घाइते, चार गम्भीर

१२ असोज, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका-४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् । रुकुमबाट काठमाडाैं जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर ठोकिँदा नाै जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका-८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन् ।

बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरकाे अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार ०९:२९