४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

एनआरएनएविरूद्ध मुद्दा हाल्ने खरेलका बहुरूप, गैरकानुनी धन्दादेखि बार्गेनिङसम्म !


१२ असोज, न्यूयोर्क । गैरआवासीय नेपाली संघको निर्वाचन रोक्न फर्जी कागजसहित परराष्ट्र मन्त्रालयमा उजुरी दिएका अमेरिकाका बेदप्रसाद खरेल गैरकानुनी गतिबिधिमा सहभागी हुँदै आएको पाइएको छ ।

ह्वायल इन काठमाण्डौँ लगायत तीन वटा रेष्टुरेन्टका सञ्चालक खरेलले आफ्नै कामदारलाई श्रमशोषण गरेको पनि पाइएको छ । रेष्टुरेन्टमा कार्यरत एक कमदारका अनुसार उनले अमेरिकी कानून अनुसार कामदारलाई दिनु पर्ने न्यूनतम ज्याला, होलिडे लगायतका सुविधा नदिएर चर्को श्रमशोषण गरेका छन् । रेष्टुरेन्ट स्रोतका अनुसार बाहिरबाहिर निकै ठूलो सामाजसेवी जस्ता देखिए पनि खरेल खासमा श्रमशोषक हुन ।

कुमार पन्तको प्रचारका क्रममा खरेल ।

चितवनको लम्बुबाट गैरकानुनी रुपमा अमेरिका आइपुगेका खरेलले आफूलाई जन्मजात नेपाली कांग्रेस भएको दाबी गर्दै आएका छन् । सन् २०१४ मा जनसम्पर्क समिति अमेरिकमा छिरेका खरेलको भूमिका सधैँ विवादित रहँदै आएको छ ।

‘जता गुलियो उतै भुलियो’ स्वभावका खरेलले गत मे महिनामा सम्पन्न एनआरएनए अमेरिकाको निर्वाचनमा कृष्ण लामिछाने समूहसँग ठूलो आर्थिक लाभ लिन खोजेका थिए तर पोखरेल समूहले उनको भूमिकाप्रति आशंका गर्दै टिमबाटै निष्कासन गरिदियो ।

लामिछाने समूहले भित्रै प्रवेश गर्न नदिएपछि खरेल रातारात डा। केशव पौडेलको समूहमा पुगेका थिए । खरेल अहिले तीनै केशव पौडेलको माध्यमबाट एनआरएनए अध्यक्षका प्रत्यासी कुल आचार्य समूहको प्रचारमा सहभागी भएका छन । यसअघि उनले पटकपटक कित्ता फेर्दै जनसम्पर्क समितिभित्र बिष्णु सुवेदी, खगेन्द्र जिसी र आनन्द बिष्टको पक्षमा लागेका थिए ।

एनआरएनएविरूद्ध उजुरी हाल्ने खरेल ।

गैरआवासीय नेपाली संघको ९ औँ महाधिवेशनमा वर्तमान अध्यक्ष कुमार पन्तको झोला बोकेर हिडेवापत उनले काठमाण्डौंस्थित ह्यात होटलको कोठा नम्बर ५०१ मा पुगेर पन्तबाट ठूलो रकम प्राप्त गरेको त्यतिबेलै चर्चा चलेको थियो । पछि उनले आइसीसी सदस्य माग्दै अध्यक्ष पन्तसँग बार्गेनिङ गरेका थिए तर पाएनन् ।

एनआरएनए स्रोतका अनुसार खरेल अहिले परराष्ट्रमन्त्रालयमा हालेको उजुरी फिर्ता लिन बार्गेनिङ गरिरहेका छन । खरेलले आइतवार अध्यक्षका प्रत्यासी कुल आचार्यको उम्मेदवारी घोषणामा बोल्दै संघका पदाधिकारीमाथि व्यक्तिगत गालिगलौज समेत गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलवार ०८:४९