२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मन्त्री हुने लोभमा एमालेबाट दाम्लो चुडाएर भागेका सोमप्रसाद पाण्डे सपथ खाने ६ मा परेनन्

११ असोज, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डे मन्त्री हुने ६ जनाको सूचीबाट बाहिरिएका छन ।

मन्त्री हुनकै लागि एमालेबाट दाम्लो चुडाएँर हिडेका पाण्डेको नाम मन्त्रीमा नपरेको नेता मेटमणि चौधरीले बताएका छन । पाण्डे निर्वाचन आयोगले सहज रूपमा सम्धीको पार्टीमा जान नपाएको भन्दै सर्वोच्चको आदेशबाट एमाले छाडेर समाजवादीतिर लागेका थिए ।

नेकपा (एस)का केन्द्रीय सदस्य मेटमणि चौधरीले पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको बताएका छन् । नेकपा एस सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ ।

नेकपा (एस)ले रामकुमारी झाँक्री, प्रेम आले, जीवनराम श्रेष्ठ, किसान श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरीलाई सरकारमा सहभागी गराउँदै छ । नेकपा एसले ६ मन्त्रालय पाउने भएको छ । ६ जनाको सूचीमा पाण्डेको नाम नपरेपछि धेरै अाश्चर्य प्रकट गरेका छन ।

एमाले विभाजनका लागि ल्याएको अध्यादेश खारेज भइसकेकोले भोलीसम्ममा मन्त्रिपरिषद् विस्तार हुने नेता चाैधरीले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको साढे दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार २२:०५