२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

१ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दामा ५० लाख रुपैयाँ बुझाएर धराैटीमा छुटे चुडामणि शर्मा

११ असाेज, काठमाडाैँ ।  बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव चुडामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ ।  बिशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मालसँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो ।

कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १८:०४