१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

७३.५ अंकले घट्याे सेयर बजार, ५ अर्ब १२ करोडकाे काराेबार

११ असोज, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा पहिरो गएको छ । आज नेप्से परिसूचक ७३ दशमलव ५ अंकले घटेर दुई हजार ६ सय ४५ दशमलव ४१ विन्दुमा पुगेर कारोबार बन्द भएको छ।

दुई सय २७ कम्पनीको एक करोड ४७ लाख आठ हजार ६८ कित्ता सेयर किनबेच हुँदा कुल ५ अर्ब १२ करोड ९७ लाख तीन हजार ९६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै ओरालो लाग्नेमा फाइनान्स र निर्जीवन बिमा समूह छन् । फाइनान्स समूह एक सय ११ दशमलव ९६ अंकले ओरालो लागेको छ भने निर्जीवन बिमा समूह चार सय ३९ दशमलव २८ अंकले ओरालो लागेको छ ।

बाँकी सबै समूहका उपसूचकहरू एकदेखि दुई प्रतिशत हाराहारीमा ओरालो लागेका छन् । सबैभन्दा धेरै कारोबार गर्नेमा अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको १५ करोड ४९ लाख ७१ हजार दुई ३० दशमलव ९० रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ता रहेका छन् ।

लघुवित्त एक सय ४४ दशमलव ८० अंकले फाइदामा गएको छ । सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय गुडवील फाइनान्सका लगानीकर्ता छन् । कम्पनी –५७ अंकले घाटामा गएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १६:११