१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

किन भएन आजदेखि दाेश्राे बजारमा मानुषी लघुवित्तको आईपीओ कारोबार ?

११ असाेज, काठमाडौँ । आजदेखि नेप्सेमा मानुषी लघुवित्तको आईपीओ कारोबारमा नआउने भएको छ । नेपाल स्टक एक्सचेञ्जमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि कारोबार हुन नसकेको हो । त्यसैले भोलिदेखि मात्रै उक्त कम्पनीको आईपीओ नेप्सेमा म्यच भएपछि कारोबारमा आउनेछ ।

स्पेशल प्रि ओपन शेसनमा कम्पनीको कारोबारमा म्याच भएपछि मात्रै कारोबारमा आउनेछ । आइतबार मानुषी लघुवित्तकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे थियो । लघुवित्तले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ । नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १२:२२