मध्य भोटेकोशी जलविद्युतले ९० लाख कित्ता आईपिओ निष्कासन गर्ने
११ असाेज, काठमाडाैँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असोज २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीको पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि निष्कासन गरेकाे आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि ९० लाख कित्ता सेयर निष्काशन गर्दै छ । उक्त आईपिओमा सर्वसाधारणले असोज २० गतेदेखि असोज २५ गतेसम्म आवेदन दिन सक्ने छन् ।
केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १२:०४