गुराँस लघुवित्तले घोषणा गर्याे लाभांश, बोनस कति ?
११ असाेज, काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १६.९० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तको हिजो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ८ करोड ३४ लाख रुपैयाँको १६.९० प्रतिशत बोनस शेयर र ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । लघुवित्तले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयर धनीहरूले पाउने छन् ।
प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ११:२३