२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काठमाडौँको आकाशमा झन्डै २ घण्टा होल्ड गरेकाे जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

११ असाेज। काठमाडाैँ । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ । आज बिहान काठमाडौँबाट विराटनगरका लागि उडेको जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएपछि काठमाडाैँ फर्किएको जहाज आकाशमा झन्डै २ घण्टा होल्ड भएपछि त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको हाे ।

सोमबार बिहान उक्त  जहाज  काठमाडौँबाट ७७ जना यात्रु बोकेर विराटनगरका लागि उडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ११:१२