२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

झापामा टिपरको ठक्करबाट चालकको मृत्यु, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

११ असाेज, झापा । ट्राफिक प्रहरीले चेकजाँचमा लापरवाही गर्दा दुर्घटनामा एकजनाको मृत्यु भएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । ट्राफिकले गलत ठाउँमा चेकिङ गर्दा टिपरले पछाडिबाट ठक्कर दिँदा सोमबार बिहान झापाको माइधारमा हाथी गाडी चालकको मृत्यु भएपछि स्थानीयले राजमार्गमा टायर बालेर अवरुद्ध गरेका छन् ।

प्रदेश नम्बर-०३-००१क ०९५ नम्बरको टिपरले को२च २६३२ नम्बरको हाथी गाडीलाई ठक्कर दिएको थियो । ठक्करबाट हाथी गाडीका चालककको मृत्यु भएको थियो । मृतक दमक ९ का अन्दाजी ४० वर्षीय नेत्र खड्का रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

स्थानीयले अहिले टायर बालेर राजमार्गअवरुद्ध गरेका छन् । इलाका प्रहरी कार्यालय दकमका डिएसपी नवराज कार्की नेतृत्वकाे प्रहरी टाेलीले अवरुद्ध राजमार्ग खुलाउने प्रयास गरिरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार १०:४३