१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

सुर्खेतमा एकै वर्षमा १३१ महिला बालबालिका वेपत्ता

५ साउन, सुर्खेत । गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४/७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ ।

गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताउनुभयो ।

“हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ”, प्रहरी नायब निरीक्षक चौधरीले भन्नुभयो । यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार १२:४४