२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाको लेभान्तेमाथि सहज जित


११ असोज, काठमाडाैँ । स्पेनिस ला लिगामा क्याटलन क्लब बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्तेलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेम्फिस डिपाए, जुक डी होङ र अंशु फातीको १/१ गोल गरे ।

डिपेले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएको बार्सिलोनाका लागि डी होङले १४औँ मिनेटमा दोस्रो गोल गरे । डि होङले सेर्जिनो डेस्टको पासमा गोल गरेका थिए । फातीले इन्जुरी समयमा अर्को गोल गर्दै जित अन्तर फराकिलो पारे ।

जितपछि बार्सिलोना ६ खेलमा १२ अंक जोड्दै स्पेनिस ला लिगा अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पराजित लेभान्ते चार अंकका साथ १७औँ स्थानमा छ । स्पेनिस ला लिगामा आइतबारै भएकाे अर्को खेलमा ओसासुनाले रियाल मायोर्कामाथि ३-२ को जित दर्ता गरायो ।

रियल बेटिसले गेटाफेलाई २-० गोल अन्तरले पराजित गरेकाे छ । रायो भालेकानोले काडिजलाई ३-१ तथा रियल सोसाइडले इल्चेलाई समेत १-० गोल अन्तरले पराजित गरेकाे छ । ओसासुनाले मारोक्कालाई ३-२ गोल अन्तरले हरायो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार ०७:२३