२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काेराेना अपडेटः ८३४ संक्रमित थपिए, ९ जनाको मृत्यु, १२७९ संक्रमणमुक्त

१० असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८५८९ जनाको पीसीआर परीक्षण गर्दा ७३० र ५१४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०४ जना गरी थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ। सोही अवधिमा १२७९ जनामा संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १६:५८