मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचिकृत, कति छ ओपनिङ्ग रेञ्ज ?
१० असाेज, काठमाडाैँ । आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ । नेप्सेमा आज मानुषी लघुवित्तकाे १० लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । लघुवित्तले दाेश्राे बजारमा काराेबारका लागि MLBS सिम्बाेल पाएकाे छ ।
नेप्सेले लघुवित्तकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १३२ रुपैयाँ ६९ पैसादेखि अधिकतम ३९८ रुपैयाँ ०७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । भाेलिबाट लघुवित्तकाे दाेश्राे बजारमा काराेबार सुरू हुनेछ ।
प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १५:३८