२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

बाल कलाकार सचिन परियारका पिता तेजेन्द्र माओवादी प्रवेश, नेता जिसीले गरे स्वागत

१० असोज, गुल्मी । चर्चित बाल कलाकार सचिन परियारका पिता तेजेन्द्र परियार नेकपा माओवादीमा प्रवेश गरेका छन । उनीसँगै गुल्मीका दलित अगुवा राजु परियार पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

आइतबार गुल्मी सदरमुकाम तम्घासमा भएको कार्यक्रममा तेजेन्द्र र राजुले नेकपा माओवादीमा प्रवेश गरेर राजनीतिक गतिबिधिमा सरिक हुने निर्णय लिएका हुन ।

उनीहरूलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य बुद्धि जिसीले खादा लगाएर स्वागत गरे । नेपाल दलित मुक्ती मोर्चा गुल्मीको बैठक तथा प्रशिक्षण कार्यक्रममा उनीहरू माओवादी प्रवेश गरेका हुन ।

परियारद्धयलाई माओवादीमा स्वागत गर्दै नेता जिसीले दलितको अधिकारप्राप्तिका लागि आफूहरू अगुवा बन्न तयार रहेको बताए । उनले पार्टी भित्र पनि महत्वपूर्ण जिम्मेवारी दिएर अघि बढाउने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १६:०३