२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कपनको ढलमा खसेका बालकको शव ललितपुरमा भेटियो

१० असोज, काठमाडौँ । काठमाडौँको कपनामा ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटिएको छ । उनकाे  शव शनिबार राति  ललितपुरको बागमती गाउँपालिका–१ स्थित घुसेलमा भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् । असोज ४ गते साँझ ढलमा खसेका उज्जवल विककाे शव शनिबार राति घुसेल स्थित बागमतीको किनारमा भेटिएको हो ।

उनका परिवारले कपडाबाट शवकाे पहिचान गरेका छन् ।  शव बागमती नदि किनाराबाट मुल सडक सम्म ल्याउन करिब २ लाग्ने छ । उनकाे शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा ल्याइने एसएसपी बज्राचार्यले बताइन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार ११:५७