१३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026

नबिलका दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१० असाेज, काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको व्यवस्थापन तथा नबिल म्युचुअल फण्डद्धारा सञ्चालित नबिल इक्विटी फण्ड र नबिल ब्यालेन्सड फण्ड २ को सुरक्षीत गर्ने आज अन्तिम दिन हो । असाेज ११गतेदेखि कम्पनिले बुकक्लोज गर्ने भएको हुँदा आजसम्म कायम ईकाईधनीहरुले मात्र लाभांश पाउने छन ।

योजना व्यवस्थापक तथा डिपोजिटरी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको सञ्चालक समितिको बैठकले दुबै फण्डको प्रतिफल अर्थात नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज ११ गते सोमबार इकाईधनी दर्ता किताब अर्थात बुक क्लोज गर्ने निर्णग गरेको छ । तसर्थ आजसम्म कायम शेयरधनीले मात्र उक्त फन्डका प्रतिफाल पाउनेछन ।

नबिल इक्विटी फण्डका इकाईधनीहरुले करसहित ४० प्रतिशत र नबिल ब्यालेन्सड फण्ड २ का इकाईधनीहरूले करसहित ३५ प्रतिशतका दरले लाभांश वितरण गर्ने कम्पनिले घोषणा गरेको छ । दुबै योजनाको कोष प्रवद्र्धक नबिल बैंक लिमिटेड हो ।

प्रकाशित मिति : 11:13