साहस उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
१० असाेज, काठमाडौँ । साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेकाे हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ । कम्पनीको आईपीओमा आज असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
प्रकाशित मिति : १० आश्विन २०७८, आईतवार १०:५२