२१ असार २०८१, शुक्रबार | Fri Jul 5 2024

एभरेष्ट प्रिमियर लिग काठमाडौंँ टस जितेर फिल्डिङ गर्दै


९ असोज, काठमाडाैँ । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेनले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले सुरुमा बलिङ गर्ने निर्णय लिएको हो । अब कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रीएट्सले सुरुवाती ब्याटिङ गर्नेछ ।

दुवै टोली पहिलो खेलमा सुखद् सुरुवात गर्न चाहन्छन् । दुवैको लक्ष्य पहिलो खेलमा दुई अंकको लागि हुनेछ । ललितपुरको टिममा श्रीलंकाका ओशाडा फर्नान्डो,सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, भुटानका रानजुङ्ग मिक्यो दोर्जी जस्ता खेलाडी छन् ।

काठमाडौंको टिममा पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बज, सिंगापुरका जनक प्रकाशजस्ता खेलाडी छन् ।

चौंथो संस्करणको प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

ललितपुर प्याट्रिएट्सका खेलाडी – कुशल भुर्तेल (कप्तान), सूर्य तामाङ, पवन सर्राफ, सन्दीप जोरा, सोनु तामाङ, राशिद खान, शंकर राना, योगेन्द्रसिंह कार्की, नारायण जोशी, ललित राजवंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी

काठमाडौं किंग्स एलेभेन खेलाडी – सन्दीप लामिछाने (कप्तान) , अमित श्रेष्ठ, सुवास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दीपेन्द्र रावत, आकाश चन्द, अमरसिंह रौटेला, गुल्सन झा, साहिद अफ्रिदी, जनक प्रकाश लगायत छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १२:३६