२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मुगु अस्पताललाई स्वास्थ्य सामग्री सहयाेग

९ असोज, मुगु । जिल्ला अस्पताल मुगुलाई दाताहरूले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोगमा पेस नेपालले २० थान अक्सिजन सिलिन्डर, मास्क, सेनिटाइजर, ग्लब्स, भीटीएम किट, एन्टिजेन किट, बेडसहित नाै लाख २४ हजारकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।

मुगुका नागरिकको स्वास्थ्य सुरक्षाका लागि जिल्ला अस्पताल मुगुका निमित्त कार्यालय प्रमुख ज्ञानसिंह बुढालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पेस नेपालका जिल्ला कार्यक्रम संयोजक नारद रेग्मीले जानकारी दिए । अस्पतालमा पछिल्लो समय विभिन्न दाता, प्रवासमा रहेका नेपालीबाट सवास्थ्य सामग्री सहयोग प्राप्त भएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार १०:४०