२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

उद्योगपति वसन्त चौधरीलाई हृदयघात

८ असोज, काठमाडौँ । उद्योगपति वसन्त चौधरीलाई हृदयघात भएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष तथा कविसमेत रहेका चौधरीलाई शुक्रबार हृदयघात भएको हो ।

पारिवारिक घुमफिरका लागि दुबईमा रहेका चौधरीलाई अकस्मात् हृदयघात भएको बुझिएको छ । चौधरीको स्वास्थ्यमा समस्या आएपछि एन्जियोग्राफी गर्दा मुटुमा समस्या देखिएको थियो । उनलाई अस्पताल भर्ना गरिएको छ । पारिवारिक स्रोतका अनुसार चिकित्सकहरूले चौधरीको ओपन हार्ट सर्जरी गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार १९:०४