१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

राप्रपाको गण्डकी प्रदेश कार्यसमितिले पूर्णता पायो (सदस्यहरूको सूचीसहित)

५ साउन, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश कार्यसमितिले शुक्रबार पूर्णता पाएको छ । पार्टीको विधानबमोजिम अध्यक्ष कमल थापाले गण्डकी प्रदेशका अध्यक्ष हेमजङ गुरुङको सिफारिशअनुसार गण्डकी प्रदेशका उपाध्यक्षमा देवीप्रसाद कँडेल (बागलुङ) र गीता गुरुङ (कास्की), सचिवमा वरुणविक्रम राणा (कास्की), प्रवक्तामा नवराज बसौला (लमजुङ), कोषाध्यक्षमा पञ्चबहादुर गुरुङ (स्याङ्जा) र सहसचिवमा कृष्णराज अधिकारी (कास्की) लाई मनोनयन गर्नुभएको छ ।

सदस्यमा भने छमकला कुँवर (स्याङ्जा), चन्द्रावती पन्त (तनहुँ), एकेन्द्र रावल (म्याग्दी), ठाकुरप्रसाद भुसाल (पर्वत), नारायण गुरुङ (कास्की), कृष्णप्रसाद पौडेल (तनहुँ) रामचन्द्र अर्याल (लमजुङ), ठाकुरप्रसाद शर्मा (नवलपुर), सुदीप ढकाल (गोरखा), अजित थकाली (मुस्ताङ), क्या राजकुमार थापा मगर (गोरखा) र कल्याण गुरुङ (मनाङ) लाई मनोनयन गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७५, शनिबार ०९:०८