१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ग्राहकको खाताबाट पैसा चोर्ने सेन्चुरी बैंकका कर्मचारी राई पक्राउ

८ असोज, इटहरी । ग्राहकको खाताबाट पैसा चोर्ने सेन्चुरी बैंकका कर्मचारी केशव राई पक्राउ परेका छन । उनले किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेका थिए । राईलाई प्रहरीले इटहरी ४ स्थित तुलसा टोलबाट पक्राउ गरेको जनाएको छ ।

राईले कीर्ते हस्ताक्षर गरेर विभिन्न समयमा एकै ग्राहकको २७ लाख रूपैयाँ चोरेका थिए । राईले ग्राहक पार्वती बिष्टको खाताबाट उक्त रकम चोरेका थिए ।

सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ३३ वर्षीय राईले ग्राहकको पैसा निकालेका थिए। पक्राउपछि ७ दिन म्याद थप गरि बैंकिङ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिएका छन ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार ११:००