२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

राष्ट्रपति भण्डारीद्धारा बजेट प्रमाणीकरण, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

७ असाेज, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् । बिहिबार राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी गराएका छन् ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘विनियोजन विधेयक २०७८’ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’ विज्ञप्तिमा भनिएकाे छ ।

बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटाे खुलेकाे छ । यसअघि निवर्तमान सरकारले ल्याएको बजेट अध्यादेश निष्क्रिय भएसँगै बजेट ‘होलिडे’ भएको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १८:५६