२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

काेराेना अपडेटः १२३९ संक्रमित थपिए, १३ जनाको मृत्यु, १३२४ संक्रमणमुक्त

७ असाेज, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११६२९ जनाको पीसीआर परीक्षण गर्दा ९४१ र ३६१४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २९८ जना गरी १२३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ। सोही अवधिमा १३२४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १६:१९