१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

डीआईजीको नाम लिएर प्रहरी विद्यालयका शिक्षकसँग पैसाको बार्गेनिङ गर्ने सुशिला पक्राउ

७ असाेज, काठमाडाैँ । प्रदेश २ का नेपाल प्रहरी प्रमुख डीआईजी उमेश रञ्जीतकारको नाममा पैसा उठाउने १ महिला पक्राउ परेकी छिन् । सर्लाही घर भएकी सुशिला दाहाललाई विहीबार रौतहट प्रहरीले पक्राउ गरेको हो । रौतहट गरुडामा रहेको नेपाल प्रहरी विद्यालयका शिक्षक उदासकुमार पाण्डेलाई स्थायी गरिदिने भन्दै सुशिलाले ६ लाखको डिल गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।

शिक्षक पदमा स्थायी गराईदिने भन्दै सुशिलाले पैसाको बार्गेनिङ गरेको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले  जनाएकाे छ। सुशीलालाई थप अनुसन्धानका लागि सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा  राखिएकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहीबार १५:३५